Contact No.: +977-1-5010111/ 5524352/ 552597/ 5553789/ 5535844
 E-mail: info@npponepal.gov.np
Feedback : feedback@npponepal.gov.np

Published Date : 2020-06-29 (Modified Date : 2020-06-29)

नेपालमा सलहको सम्भावित प्रवेश तथा त्यसबाट हुन सक्ने क्षतिको व्यवस्थापनका लागि गठित कार्यदलले पेश गरेको प्रतिवेदन

 

पेश गरेको मिति २०७७/०२/२०

नेपालमा मरुभुमीको सलहको एकल प्रवृत्तिको वयस्क सन् १९६२ मा गोदावरी र काठमाण्डौबाट संकलन गरी आधिकारीक पहिचान गरिएको थियो । त्यसैबर्ष काभ्रेको पनौतीमा लगाइएको मकैबालीमा यस सलहको प्रकोप देखापरेको थियो । यसअघि सन् १९३० मा पनि नेपालमा सलहले व्यापक रुपमा नोक्सानी गरेको भन्ने भनाइ छ । यस पछि सन् १९८६ तथा सन् १९८९ मा नेपालमा सलहको प्रकोप हुन सक्ने सम्भावनालाइ मध्यनजर गर्दै सजग हुन सम्बन्धित निकायहरुलाइ निर्देशन दिइएको थियो तर प्रकोप नभएको तथ्यहरुले देखाउँदछन् । 

हाल प्रकोपको रुपमा आउन सक्ने देखिएको मरुभूमीको सलहको सन्दर्भमा सन् २०१८ मा अरेबियन प्रायद्घपिमा गर्मी मौसममा शुरुभएको बंशबृद्घीबाट २०१९ को पूवार्धमा यमन, साउदी अरेबीया र इरान हुँदै  उत्तर्रार्धमा भारत र पाकिस्तान सिमाक्षेत्रमा प्रवेश गरि यस बर्षको बसन्तमा अनुकुल मौसमका कारण उक्त स्थानमा विभिन्न अन्तरालमा बंश वृद्घि भई बिशाल झुण्डहरु तयार भएको हो  । झुण्ड निहीत अपरिपक्व वयस्कहरु पूर्वतर्फबाट राजस्थानमा प्रवेश गरेको र हालैको अम्फान आँधि पछीको पश्चिमी वायुको सहारामा मध्य प्रदेश र महाराष्ट्रको पूर्वी भाग हुँदै अगाडि बढिरहेको छ । राजस्थानमा जुलाइ महिनासम्म पटक पटक यसको नयाँ झुण्डहरु आइरहने र यसबाट भारतको बिहार र उडिसासम्म आक्रमण हुन सक्ने अनुमान गरिएको छ । तर मनसूनको शुरुआत सँगै पुर्वबाट पश्चिमतर्फ बहने मनसुनी हावाले गर्दा यी झुण्डहरु पुनः राजस्थानतर्फ मोडीई गर्मी मौसमको बंशबृद्घी शुरु गर्ने पूर्वानुमान रहेको छ । FAO का सलह विज्ञ डा. किथ क्रिसम्यानका अनुसार सलहको हुल उत्तर बाट दक्षिण तर्फ आउने क्रममा विखण्डित साना साना सलहका हुलहरु भारतका अन्यत्र भाग तर्फ मोडिएकोले तत्काल नेपाल भित्रिने सम्भावना न्यून भएको बुझिएको  छ । तथापी यसको स्थानान्तरणमा महादेशीय हावाको प्रभाव पर्ने भएकाले नेपालमा मरुभूमीको सलहको प्रवेश-सम्भावनाको सर्न्दर्भमा तत्सम्बन्धित् वैज्ञानिक आँकलन, अनुगमन र अध्ययन गर्नुपर्ने तथा प्रवेश भएको अवस्थामा आकस्मिक व्यवस्थापनका लागि तत्कालीन रुपमा निम्न कार्यहरु गर्न आवश्यक देखिन्छ ।

  1. देशभित्र पटक पटक विभिन्न खालका मिचाहा प्रजातीका रोग तथा कीराहरुको प्रवेश तथा तिनीहरुको स्थापना र बिस्तारबाट ठूलो क्षति व्यहोरीरहन परेको छ । यस परिप्रेक्षमा यस्ता आकस्मिक प्रकोपहरुको व्यवस्थापन गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयको अन्तरगत कुनै निकायमा श्रोतसाधन सहितको स्थायी संरचनाको स्थापना गरि त्यहाँबाट परिचालन हुन आवश्यक देखिन्छ । उक्त निकायमा प्रत्यक्ष सम्पर्क र समन्वयमा रहने गरी प्रादेशीक तहमा समेत कुनै निकायलाई श्रोतसाधन सहित जिम्मेवारी दिन आवश्यक देखिन्छ ।
  2. सलहको महामारीको बारेमा विस्तृत प्राविधिक जानकारी प्राप्त गर्नका लागि खाद्य तथा कृषि संगठनको सहयोगमा Virtual तालिम सञ्चालन गर्ने । (जेष्ठ १६ गते Topic: Desert Locust Sensitization virtual training facilitated by Dr. Keith Cressman (FAO, Rome, विभिन्न क्षेत्रका १०० जना सहभागी)
  3. सलहको प्रकोपको पूर्वानुमान तथा पूर्वतयारीका लागि तयार रहन खाद्य तथा कृषि संगठनको Locust Watch सञ्जालमा सहभागिता वा नियमित रुपमा सूचना प्राप्तिका लागि मन्त्रालयबाट खाद्य तथा कृषि संगठनमा अनुरोध गर्ने ।
  4. FAO Desert Locust Guidelines को नेपाली भाषामा रुपान्तरणका लागि खाद्य तथा कृषि संगठनलाइ मन्त्रालय मार्फत अनुरोध गर्ने ।
  5. सलहको सम्भावित प्रवेशको पूर्वानुमान गर्न हावाको बहावको साथै अन्य मौसमी अवस्थाहरुको सन्दर्भमा जानकारी अद्याविधक राख्न जल तथा मौसम विज्ञान विभागसँग समन्वय गरी Meteorological Data प्राप्त गरी बिश्लेषण गर्ने ।  हालै प्राप्त सुचना अनुसार जुलाइ महिनासम्ममा राजस्थानबाट सलहको क्रम: विस्तारीत पुस्ता पूर्वउत्तर भारततर्फ लाग्ने र नेपालसँग सिमाना जोडिएको बिहार प्रदेश सम्म आउन सक्ने प्रारम्भिक अनुमान गरिएको अवस्थामा नेपालमा प्रवेश गर्न सक्ने सम्भावनाको आँकलन, अनुगमन र अध्ययन गर्न चनाखो रहनु पर्ने । 
  6. सलहको आक्रमण बिरुद्धको पूर्वतयारीका लागि अध्ययन, अनुसन्धान तथा विकास लगायत सबै सरोकारवालाहरुसँग सहकार्य गर्ने ।
  7. सलहको झुण्डको आकस्मिक व्यवस्थापनका लागि सिफारिश भएका बिषादीहरु मध्ये Malathion 96% ULV (Ultra Low Volume) संविन्यासको बिषादी पञ्जिकरणका लागि निजी क्षेत्रबाट माग भएमा प्लान्ट क्वारेन्टिन एवं बिषादी व्यवस्थापन केन्द्रले सहजीकरण गर्ने । अन्य सिफारीश बिषादीहरुको आपूर्ति व्यवस्थापनका लागि आवश्यक व्यवस्था मिलाउने  ।
  8. प्रत्येक प्रदेशस्तरमा आकस्मिक कार्यदल निर्माण गर्न अनुरोध गर्ने तथा प्रत्येक प्रदेशमा उक्त कार्यको नेतृत्व लिने निकाय र फोकल पोइन्ट तोकी जानकारी गराउन अनुरोध गर्ने तथा सबै तहहरुबाट सूचना संकलन गरि सलहको प्रवेश भएमा तत्काल परिचालन गर्न सकिने गरि तयार रहनु पर्ने ।
  9. कार्यदलका सदस्यहरु तथा प्रदेश र स्थानिय निकायहरुमा कार्यरत प्राविधिक जनशक्तिको सलहको पहिचान तथा व्यवस्थापन सम्बन्धमा क्षमता विकास गर्ने ।
  10. ULV Spraying का लागि प्रयोग हुने रोटरी नोजल एटोमाइजर/हाइड्रोलिक नोजल वा एअर शियर नोजल भएका पावर स्प्रेयर (सवारी साधनमा चढाएर प्रयोग गर्न सकिने समेतको), सोको सहयोगी सामान कम्तिमा ५ सेट तथा बिषादी प्रयोग गर्दा आवश्यक पर्ने व्यक्तिगत सुरक्षा सामाग्री (PPE) समेत प्रत्येक प्रदेशमा व्यवस्थापन गर्नका लागि आवश्यक व्यवस्था गर्ने ।
  11. तत्काल प्रयोगका लागि पावर स्प्रेयर कम्तिमा १० सेटका दरले र बिषादी प्रयोग गर्दा आवश्यक पर्ने व्यक्तिगत सुरक्षा सामाग्री (PPE) समेत प्रत्येक प्रदेशमा व्यवस्थापनका लागि अनुरोध गर्ने ।
  12. पालिकाहरुमा उपलब्ध दमकलहरुलाइ परिमार्जन गरि आकस्मिक अवस्था आइपरेमा प्रयोग गर्न सकिने अवस्थामा राख्न अनुरोध गर्ने र सम्भव भएसम्म पावर स्प्रेयरहरु तथा बिषादीको लागि आवश्यक गृहकार्य गर्न अनुरोध गर्ने । 
  13. सलहको बारेमा जनमानसमा धेरै भ्रमहरु रहेको र यथार्थ जानकारी दिन आवश्यक रहेकोले यसको बारेमा तयार गरिएको तथ्यपत्र (Factsheet)  को इ कपि तथा हार्ड कपि तुरुन्तै सबै प्रदेश, ज्ञान केन्द्र तथा पालिकाहरुसम्म पुग्ने गरि वितरण गर्ने तथा विभिन्न सञ्चार माध्यमहरु मार्फत प्रसारण गर्ने ।
  14. एफ एम रेडियो तथा अन्य इलेक्ट्रोनिक सञ्चार माध्यमहरुबाट सलहको बारेमा तथ्यगत जानकारी प्रदान गर्न, सम्भावित प्रवेश र हुन सक्ने क्षति व्यवस्थापनका लागि तयार रहन संघ तथा प्रदेश स्तरबाट सूचना प्रवाह गर्ने ।   
  15. बिषादी प्रयोगमा हुन सक्ने जोखिम व्यवस्थापन तथा प्रभावकारीता बढाउनका लागि ड्रोनबाट बिषादी प्रयोग गर्ने कार्यलाइ प्रोत्साहन गर्न ड्रोनको सम्भाव्यता अध्ययन र व्यवस्थापन तथा आवश्यक परिक्षण गर्ने ।
  16. एकल प्रवृत्तिका सलहको नेपालमा उपस्थिति देखिएको तर हाल सम्म यसको जीवनी सम्बन्धमा अध्ययन नभएको सन्दर्भमा हालको परिप्रेक्ष अनुसार यसको वैज्ञानिक अध्ययन तथा अनुसन्धान गर्न आवश्यक देखिन्छ ।

फिल्ड सामाग्री

  • मौसम सम्बन्धि उपकरण - एनिमोमिटर, हाइग्रोमिटर (हावाको तापक्रम र सापेक्षीत आद्रताको लागि)
  • नेभिगेसन सम्वन्ध सामाग्री - नक्शा, जी.पी.एस., कम्पास आदि
  • संचार साधन - भी. एच.एफ वा यु.एस.एफ. वाकीटाकी, लामो दुरिको रेडियो (एच एफ वा एस एस बी )

प्राविधिक कार्यदलका सदस्यहरु

  1. श्री सहदेव प्रसाद हुमागाईं, संयोजक, प्लान्ट क्वारेन्टिन एवं बिषादी व्यवस्थापन केन्द्र
  2. डा. समुद्रलाल जोशी, सदस्य, कीट बिशेषज्ञ
  3. डा. सुनिल अर्याल, सदस्य, बरिष्ठ बैज्ञानिक, कीट विज्ञान महाशाखा
  4. श्री राजिवदास राजभण्डारी, सदस्य, बरिष्ठ बाली संरक्षण अधिकृत, केन्द्रिय कृषि प्रयोगशाला
  5. श्री महेशचन्द्र आचार्य, सदस्य, बरिष्ठ बाली संरक्षण अधिकृत, प्लान्ट क्वारेन्टिन एवं बिषादी व्यवस्थापन केन्द्र
  6. श्री रामकृष्ण सुवेदी, आमन्त्रित सदस्य, बरिष्ठ बाली संरक्षण अधिकृत, प्लान्ट क्वारेन्टिन एवं बिषादी व्यवस्थापन केन्द्र
  7. श्री मनोज पोखरेल, आमन्त्रित सदस्य, बाली संरक्षण अधिकृत, प्लान्ट क्वारेन्टिन एवं बिषादी व्यवस्थापन केन्द्र