Contact No.: +977-1-5010111/ 5524352/ 552597/ 5553789/ 5535844
 E-mail: info@npponepal.gov.np
Feedback : feedback@npponepal.gov.np

No Pesticide Use Week 2019

Published On: 2019-02-13

कृषि क्षेत्रको विविधिकरण, व्यावसायिकरण र औद्योगिकरण गरी गरीबी निवारण गर्ने राष्ट्रिय लक्ष्य हासिल गर्नको लागि मूलतः कृषि उत्पादन र उत्पादकत्वको वृद्धि अनिवार्य रहेको सन्दर्भमा शत्रुजीवहरुबाट वाली कटानी अघि र पछि भण्डारण सम्म २० देखि ३५ प्रतिशत सम्म हुने नोक्सानीलाई कम गर्ने उद्देश्यबाट जीवनाशक विषादीहरु कृषि तथा जनस्वास्थ्य प्रयोजनका लागि समेत हुँदै आएको छ ।
विषादीको न्यूनतम, न्यायोचित र सुरक्षित प्रयोगका साथै विषादीवाट पर्न सक्ने नकारात्मक प्रभाव न्यूनिकरण गर्ने व्यवस्थापन विधि, जनचेतनामूलक कार्यक्रम संचालन, ऐन नियमको सबलिकरण र कार्यान्वयन पक्ष सुदृढ गराउनु र शत्रुजीवहरुको विवेकपूर्ण व्यवस्थापन कार्यमा अघि वढ्न आवश्यक रहेको सन्दर्भमा  सन् १९८४ को भारतको भोपालमा विषादी चुहावटको कारणवाट भएको असरले २० हजार मानवीय क्षति तथा ५ लाख भन्दा वढि घाइते भएको घटनालाई स्मरण गर्दै सन् १९९८ देखि PAN International ले डिसेम्वर ३ लाई "No Pesticide Use Day" (विषादी प्रयोग मुक्त दिन) को रुपमा विश्वव्यापी मनाउने कार्य गर्दै आएकोमा विषादीवाट हुने असरलाई न्यूनीकरण गर्ने अभियानको रुपमा अगाडि ल्याउन सन् २०१० देखि सप्ताहव्यापी रुपमा संचालन गर्ने थालनी भए अनुरुप  नेपाल पनि यस कार्यक्रममा सन् २०१३ देखि सहभागी हुदै आएको छ।
विषादी प्रयोग मुक्त सप्ताहका लागि यस बर्ष  "पोषण सुरक्षा र खाद्य स्वच्छता, घातक बिषादी मुक्त कृषिको आवश्यकता" "Hazardous Pesticide Free Agriculture: A Prerequisite for Food Safety and Nutrition Security"  भन्ने मूल नाराका साथ भव्य रुपमा मनाउन लागिएको छ । उक्त सप्ताह जनचेतना मूलक प्रभात फेरी, सडक नाटक, प्रवचन, छापा तथा इलेक्ट्रोनिक मिडीयाहरुबाट विषादीको प्रभावहरु सम्बन्धि सन्देशमूलक विभिन्न कार्यक्रमहरु, रेडियो कार्यक्रमहरु, प्रचार सामग्रीहरु प्रकाशन र वितरण लगायतका विभिन्न कार्यक्रमहरु तय गरी विगत बर्षहरुमा जस्तै यस बर्ष पनि मिति २०७५ फाल्गुण ६ गतेदेखि १२ गतेसम्म विभिन्न कार्यक्रमहरु आयोजना गरी मनाउने कार्यक्रम रहेको छ ।