Government of Nepal
Ministry of Agriculture and Livestock Development
Hariharbhawan, Lalitpur
Contact No.: +977-1-5010111/ 5524352/ 552597/ 5553789/ 5535844
E-mail: info@npponepal.gov.np
Feedback : feedback@npponepal.gov.np
Published On: 2020-07-21
कन्चनपुर जिल्लाको पुनर्वास क्षेत्रमा अवतरण गरेको झुण्ड सिमावर्ति भारत तथा नेपालको भूभागमा अवतरण गर्ने बारम्बार प्रयास भएको र सबैको सजगताका कारण धेरै क्षति गर्न नसकेको जानकारी प्राप्त भएको छ । यसको केही अंश डडेलधुरा तथा बैतडीसम्म पुगेको तर त्यसबाट भएको क्षतिको विवरण प्राप्त भएको छैन ।
प्यूठान जिल्ला हुँदै गुल्मी, वागलुङ्ग लगायतका क्षेत्रमा प्रवेश गरेको सलहको झूण्ड आज साँझ स्याङ्गजा जिल्लाको पुतलीबजार क्षेत्र हुँदै पूर्व उत्तर तर्फ लागेको जानकारी प्राप्त भएको छ । उक्त झूण्डले रातिमा जङ्गलमा आश्रय लिने सम्भावना रहेको र भोली स्याङ्गजा र तनहूँका आसपासका क्षेत्रमा आक्रमण गर्न सक्ने सम्भावना भएकोले सम्बन्धित क्षेत्रमा विशेष सतर्कता तथा पूर्वतयारीको लागि अनुरोध छ ।
त्यसैगरि भारत मौसम बिज्ञान बिभागका अनुसार, यस तीन दिन (५, ६ र ७ गते) भारतको राजस्थानमा खण्ड खण्ड ठाऊँमा ह्ल्का वर्षा ( Isolated rain) को मात्र संभावना रहेको छ । उत्तराखण्ड र उत्तरप्रदेशमा आज र भोली सामान्य देखी पूर्ण बदली रहि त्यस क्षेत्रका अधिकांश स्थानहरुमा ह्लका देखि मध्यम वर्षा हुने देखिन्छ। एक-दुई स्थानमा भारी वर्षाको समेत संभावना रहेको छ। बुधबार देखि मौसाममा केहि सुधार आउने पूर्वानुमान छ।बिहारमा आज, भोली र पर्सी (बुधबार) तीन दिन सम्म नै सामान्य देखी पूर्ण बदली रहि त्यस क्षेत्रका अधिकांश स्थानहरुमा ह्लका देखि मध्यम वर्षा हुने देखिन्छ। थोरै स्थानहरुमा भारी वर्षाको समेत संभावना रहेको छ।
Locust Analytics- by PlantVillage at Penn State in collaboration with UN FAO and partners Swarm Trajectory Prediction को पछिल्लो पूर्वानुमान अनुसार भारतको राजस्थानमा रहेका सलहका झूण्डहरु जयपुर तथा दिल्ली हुँदै उत्तर प्रदेशको आग्रा, कानपुर, ग्वालीयर तर्फ अगाडी बढ्न सक्ने पूर्वानुमान रहेको छ । उक्त सलहका झूण्डहरु पश्चिम, दक्षिण पश्चिम तथा दक्षिण बाट बायुसँगै नेपालको मध्य तथा पश्चिम तराइ र सुदुरपश्चिम क्षेत्रबाट नेपालतर्फ समेत प्रवेश गर्न सक्ने सम्भावना रहेको छ । पूर्वानुमानको तस्विर समेत तल दिइएको छ ।
यसरी हालको मौसमको अवस्थामा नेपालमा भित्रीइ सकेका सलहका झुण्डहरु अझै केहीदिन सम्म नेपाल मै रहन सक्ने हावाको वहावसँगै पूर्व तथा उत्तरतर्फ अगाडि बढ्ने क्रममा चिनको तिब्वतमा नेपालको सिमाना भन्दा १० किलोमिटर उत्तरसम्म पूगेको जानकारी प्राप्त भएको छ । छरीएका सलहहरुबाट वालीहरुमा धेरै नोक्सानी नहुने भएता पनि झुण्डको रुपमा रहेका सलहहरुअझै केहीदिन नेपालमै रहन सक्ने देखिन्छ भने भारतको राजस्थान बाट उत्तर प्रदेश तर्फ अगाडी बढेका सलहका झूण्डहरु समेत नेपालमा प्रवेश गर्न सक्ने देखिन्छ । बर्षात भइरहेको समयमा तथा रातको समयमा सलह स्थानान्तरण गर्न नसक्ने भएतापनि हावाको वहाव सँगै प्रवेश गर्न सक्ने सम्भावनालाइ मध्यनजर गर्दै आवश्यक पूर्वतयारी तथा सावधानि अपनाउन सम्बन्धित सबैमा हार्दिक अनुरोध छ ।