Contact No.: +977-1-5010111/ 5524352/ 552597/ 5553789/ 5535844
 E-mail: info@npponepal.gov.np
Feedback : feedback@npponepal.gov.np

No Pesticide Use Week (February 18-24, 2019)

Published On: 2019-02-17

विषादी प्रयोग मुक्त सप्ताह-२०७५ (२०७५ फागुन ६ दखि १२ गते सम्म)
No Pesticide Use Week (February 18-24, 2019)
“पोषण सुरक्षा र खाद्य स्वच्छता, घातक विषादी मुक्त कृषिको आवश्यकता”
("Hazardous Pesticide Free Agriculture; A Pre-requisite for Food Safety and Nutrition Security")

कृषि क्षेत्रको विविधिकरण, व्यावसायिकरण र औद्योगिकरण गरी गरीवी निवारण गर्न राष्ट्रिय लक्ष्य हासिल गर्नका लागि मुलतः  कृषि उत्पादन र उत्पादकत्वको वृद्धि अनिवार्य  रहको छ । वढ्दो जनसंख्याको लागि खाद्य वस्तुको वढ्दो माग आपुर्ति गर्न खाद्यवस्तु उत्पादन वृद्धिका साथै कृषि व्यापार वृद्धि आवश्यक भइरहेका अवस्थामा विषादीको प्रयोग पनि आवश्यक छ । यस परिपे्रक्ष्यमा विभिन्न वालीनालीमा वर्षोनी नोक्सानी पुर्‍याउने शत्रुजीवहरु -कीरा, रोग, झारपात, मुसा, चरा आदि) बाट वाली कटानी अघि र पछि भण्डारण सम्म २०-३५ प्रतिशत हुने नोक्सानीलाई कम गर्नु पनि उत्पादन वृद्धि गर्नु सरह नै हो । गतवर्षो तथ्याङ्क हेर्दा नेपालमा ६३५ टन खास विष विषादी आयात भएको देखिन्छ जस्मा कीटनासक १६९ टन, रोगनाशक ३४७ टन, झारनासक १०५  टन  र अन्य १४  टन  रहको  छ । विषादीको लागि करिव ७५ करोड रुपैया खर्च भएको देखिन्छ ।

सन्  १९५२ मा मलेरिया नियन्त्रणका लागि भित्राइएका  विषादी  कृषि  उत्पादनका  लागि  प्रयोग  हुन थाले पछि यसको मात्रा प्रति वर्षवढदै  गएको  देखिन्छ  ।  अन्य  देशको  तुलनामा  प्रति  हेक्टर  विषादीको  प्रयोग  निकै  कम ३९६  ग्राम  खास  विष  रहे  पनिकरिव  ८५  प्रतिशत  भन्दा  वढि  विषादी  तरकारी  वालीमा  आधारित  सघन  खेती  प्रणाली भएका स्थानमा प्रयोगहुने गरेको पाइएकोछ  ।  तरकारी  बालीमा  १६०५  ग्राम  खास  विष  प्रति  हेक्टर  विषादीका  प्रयोग  भइरहको  देखिन्छ  । 

नेपालमा  विषादीको  प्रयोगमा  देखिएका  समस्याहरुमा  पर्खन  पर्ने  अवधि  ख्याल  नगर्ने,  वाली  कटानी  समयमा  विषादीका  प्रयागगर्ने,  विक्रि  भन्दा  अगाडी  विषादीमा  डुवाउने,  विषादीको  मात्रा  वढाएर  र्छर्ने,  रोग  कीराको  पहिचान  विना  विषादी  र्छर्ने,  विषादीलाइखेती  वाहेक  अन्य  जीवजन्तु  तथा  स्थानमा  प्रयोग  गर्ने,  कृषि  कार्य  वाहेक  अन्य  उद्देश्यमा  प्रयोग  गर्ने,  दर्ता  नगरिएका  विषादीको लुकी छिपि विक्री वितरण तथा प्रयोग, खाद्य सामग्रीको पसलमा विषादी पनि विक्री वितरण, प्रतिवन्धित विषादीको लुकिछिपी  प्रयोग,  विषादीको  पकेट  पुनः  खोली  प्याकेजिङ  र  विक्री,  विना  लेवलका  विषादीका  प्रयोग,  म्याद  नाघेका  विषादी  प्रयोग, विषादी  प्रयोग  गर्दा  सुरक्षित  पहिरनको  प्रयोग  नगर्ने  आदि  रहेका  छन्  ।

सन्  १९८४  का  भारतको  भोपालमा  विषादी  चुहावटका  कारणवाट  भएको  असरले  २०  हजार  मानवीय  क्षति  तथा  ५  लाख भन्दा  वढि  घाइते  भएका  घटनालाई  स्मरण  गर्दै  सन्  १९९८  देखि    PAN (Pesticide Action Network International)  ले डिसम्वर  ३  लाई (No Pesticide Use Day -विषादी  प्रयोग  मुक्त  दिन)  को रुपमा  विश्वव्यापी मनाउन कार्य गर्दै आएकोमा विषादीवाट हने असरलाई अभियानका रुपमा अगाडि ल्याउन सन् २०१० देखि सप्ताहव्यापी रुपमा सचालन गर्न थालनी भए स्वरुप नेपाल  पनि  यस  कायक्रममा  विगत  सन्  २०१३  अर्थात  पाँच  वर्षेखि  सहभागी  हुदै  आएको छ  । विषादी  प्रयोग  मुक्त  सप्ताहका लागि यस  वर्ष ("Hazardous Pesticide Free Agriculture; A Pre-requisite for Food Safety and Nutrition Security") “पोषण सुरक्षा र खाद्य स्वच्छता, घातक विषादीमुक्त कृषिको आवश्यकता"  भन्ने  मुल  नाराका  साथ  यस  वर्ष पनि  भव्य रुपमा मनाउन  लागिएको छ  ।

विषादीहरु रसायनिक पदार्थहरु हुन जसलाई रोग, कीरा, शुक्ष्म जिवाणु, झारपात, मुसा आदि मार्न कृषि तथा अन्य स्थानमा प्रयोग गर्ने गरिन्छ । विषादी मानव शरीरमा श्वास प्रश्वास प्रकृया, छालाको सम्पर्क तथा खानाको माध्यमवाट पस्ने गर्दछ । विषादीले विषादीको  कारोवारमा  संलग्न  व्यक्ति,  कृषकहरु  तथा  कृषि  उपज  उपभोग  गर्ने  उपभोक्ताहरु  सवैलाई  नराम्रो  प्रभाव  पारिरहेको  छ  । महिला र केटाकेटीहरुमा यसको प्रभाव वढि पर्ने हुन्छ । विषादीका कारणले तत्काल असरको रुपमा मानवमा मुर्छा, झाडा पखाला, कम्पन, दृष्टी कमजोर तथा मृत्य सम्म ल्याउछ भने दीर्घकालीन असरमा अन्धोपना, क्यान्सर, ट्युमर, नपुसंकता, वाझोपन, विकृत वच्चाको  जन्म,  शरीरका  विभिन्न  अंगहरुमा  असर,  नशा  सम्वन्धि  समस्या  जस्तै  पक्षघात  जस्ता  समस्या  ल्याउने  गर्दछ  ।  एक सय  सताइस  भन्दा  बढि  बिषादिहरुले  अन्तश्राव  प्रणालीलाइ  नाश  गर्ने  अनुमान  गरिएको  छ  ।  अन्तश्राव  प्रणालीले  शरीरमा  रसायनिक परिवर्तन  हुने  प्रकृया,  प्रजनन्,  शरीरको  बृद्धि  र  विकासका  साथै  अन्य  महत्वपूर्ण  कार्यलाई  अधिनमा  राखी  मानव  स्वास्थ्यको  हितमा कार्य  गरि  राखेको  हुन्छ  ।  यस्ता  बिषादीको  थोरै  मात्राका  बारम्बार  सम्पर्कले  यस  प्रणालीलाइ  असर  पर्‍याउँदछ  ।  अन्तश्राव  नाश गर्ने  रसायन  सालनालबाट  पनि  वारपार  गर्न  सक्दछ  ।  यी  रसायनहरु  भ्रुण  तथा  बच्चा  जन्मे  पश्चातका  अवस्थामा  सर्म्पर्क  भएमा यसबाट रोग सँग लड्ने क्षमताको ह्रास वयस्क अवस्था सम्म कायम रहन्छ । साथै यी रसायनहरुको कुप्रभाव आफना सन्ततीहरुमा पनि  देखा  पर्न      सक्दछ  ।  प्रायः गरि  बिषादीहरु  शरीरमा  ग्रहण  गर्न  तथा  संचय  गर्ने  सम्भावना  बालबालीकाहरुमा  बढि         हुन्छ  । बालबालीकाका  विकासशिल  अंगहरुले  यस्ता  बिषहरुलाइ  पूर्ण रुपमा  तटस्थीकरण  वा  हटाउने  कार्य  गर्न  अर्समर्थ  हुन्छ  ।  साथै बालबालिकाको  जीवनकाल  लामो  हने  हुनाले  पछिल्ला  अवस्थामा  दीघकालीन  रोगहरु  ल्याउँदछ  ।

ससारमा  हरेक  वर्ष ४  करोड  मानिसमा  विषादीले  कतै  न  कतै  र  कुनै  न  कुनै  रुपमा  असर  गरेको  अनुमान  गरिएको  छ  र विश्वमा विषादीकै कारणल वाषिर्क करिव ३ लाख ५५ हजार मानिसका मृत्य हुने जनाइएको छ । हालसालैको एक अध्ययन अनसार प्रतिदिन  ७००  जना  व्यक्तिको  मृत्य  कुनै  न  कुनै  रुपमा  विषादी  सँग  सम्वन्धित  रहको  पाइएको  छ  भने  आत्म  हत्याका  घटना  ३१ प्रतिशत  विषादी  सग  सम्वन्धित  रहका  छन्  ।

खतरनाक  विषादीहरु  मानव  स्वास्थ्य  र  वातावरणका  लागि  चुनौती  रहेको  छ  ।  संयुक्त  राष्ट्र  संघका अनुसार  विकासोन्मुख देशहरुमा  खतरनाक  विषादी  लगायतका  रसायनहरुको   उत्पादन  र  प्रयोग  मानव  स्वास्थ्य  र  वातावरणको  ख्याल  नगरी  वढिरहको छ  ।  प्रयोग  भएका  ९५  प्रतिशत  भन्दा  वढि  विषादीहरु  लक्षित  समस्या  समाधान  गर्न  भन्दा  मानव,  वन्यजन्त,  पानीको  श्रोत,  माटो तथा  हावामा  समाविष्ट  भई  रहको  छ  ।  जस्ाले  मानव  स्वास्थ्य  र  वातावरणमा  विभिन्न  समस्याहरु  जन्माएको  छ  ।  मौरीको  संख्यामा कमी ल्याउन खेत वारीमा प्रयोग गरिएका विषादीहरु प्रमुख कारक   रहको प्रमाणित भइसकको छ । जसका कारण वाली विरुवामा हने परागसेचन प्रकृयामा कमी आएर कृषि उत्पादनमा कमी हन्छ । विषादीको व्यापक प्रयोगले विषादीका अवशेष माटो तथा पानीमा वढेर  गएको  छ  ।  ओजन  तहको  विनासमा  विषादीको  भार  ६  प्रतिशत  रहको  तथ्याङ्कहरुले  दखाएको छ ।

एशिया महादेशका वहुसंख्यक कृषकहरु  विषादीको  प्रकार,  विषको  स्तर,  सुरक्षित  प्रयोग  तथा  मानव  स्वास्थ्य  र वातावरणमा विषादीको नकारात्मक असरवारे अनभिज्ञ रहेको कारण यिनीहरु नै विषादी सँग वढि सर्म्पर्कमा आउने र  सुरक्षित  रुपमा  प्रयोग  गर्न  अपनाउनु  पर्ने  साधनको  प्रयोग  गर्न  नसक्नुका  कारणले  विषादीको  असर  उनीहरुमा  वढि  परेको  छ  । स्वस्थ  कृषि  पर्यावरणमा  खतरनाक  विषादीहरु  हटाइ  कृषि  उत्पादन  गर्न  र  वातावरणलाई  सुरक्षित  राख्नु  आजको आवश्यकता रहको छ । विषादीको न्यूनतम, न्यायोचित र सुरक्षित प्रयोगका साथै विषादीवाट पर्न सक्ने नकारात्मक प्रभाव न्यूनिकरण गर्न  व्यवस्थापन  विधि,  जनचेतनामुलक  कार्यक्रम  सचालन,  ऐन  नियम  कार्यान्वयन  पक्ष  सदृढ  गराउनका  लागि  वोट  विरुवाका शत्रुजीवहरुका  विवेकपूर्ण  व्यवस्थापन  कार्यमा  अघि  वढ्न  जरुरी  छ  । दिगो   कृषि   विकास,   सुरक्षित   वातावरण,   सामाजिक   संरचनामा   सुधारमा   कृषक  सशक्तिकरणको  ठूलो  भुमिका  रहको  हुन्छ  ।  विषादीको  नकारात्मक  असर,  त्यसले  पार्ने  प्रभाव,  विषादीको सुरक्षित  ओसार  पसार  तथा  प्रयोग,  विषादीको  विकल्पको  प्रविधि  सम्वन्धि  ज्ञान  कृषकहरुलाई  दिन  जरुरी  देखिन्छ  ।  ऐन  नियम, नीति,  निर्देशिका   तयार  गर्ने  देखि  लिएर  मापदण्ड  निर्धारण  गर्ने  तथा  सम्वन्धित  पक्षलाई  सो  को  दायरा  भित्र  ल्याउनु,  सुपरिवेक्षण गर्ने कार्य पनि उत्तिकै महत्वपूर्ण रहेका छन् । साथै अत्यन्त खतरनाक विषादीहरु वेचविखन तथा प्रयोगमा प्रतिवन्ध गर्ने कार्य पनि महत्वपूर्ण रहको  छ  ।  यी  कार्यमा  नेपाल  सरकार,  कृषि तथा पशुपंछी विकास  मन्त्रालय  अर्न्तर्गतका  विभिन्न  निकायहरुवाट  नेपाल  विश्व  व्यापार  संगठन,  अन्तराष्ट्रिय  वाली  संरक्षण  महासन्धि  र  एशिया  प्रशान्त  क्षेत्रीय  वाली  सरक्षण  आयोगको सदस्य,  स्टकहाम,  रोटरडम  तथा  वासल  महासन्धी  पक्षधर  भएवाट  पनि  मानव  स्वास्थ  र  वातावरण  सुरक्षाका  लागि  विभिन्न  पहल र  कार्य  हुदै  आएका  छन्  ।  अत्यन्त  घातक  १६  वटा  विषादीको  प्रयोगमा  प्रतिवन्ध र थप ५ वटा घातक विषादीहरु प्रतिवन्ध हुने क्रममा रहेका,  ऐन  नियमावलीहरु परिमार्जन र  कडाइका  साथ  लागु  गर्न, आइ पी एम कार्यक्रमलाई वढावा दिने, विषादीको विकल्पहरुलाई प्राथमिकता दिने, सञ्चार माध्यमहरुवाट विषादीको असरहरुवारे जानकारी  दिने,  विषादीको  सुरक्षित  प्रयेाग  विधि लगायतका  विभिन्न  कायक्रमहरु  पनि  सचालनमा  आईरहेका  छन  ।

रासायनिक  विषादीको  न्यनीकरण  गर्ने  उद्देश्यले  स्वास्थ्य  र  वातावरण  अनुकुल  जैविक  विषादी  उत्पादन  एव  प्रयोगका  लागिनेपालका  ७  जिल्लाहरुमा  सामदायिक  आइ.पि.एम.  श्रोत  केन्द्र  स्थापना  गरी  कृषकस्तर  मै  जैविक  तथा  वानस्पातिक  विषादीको उत्पादन  र  प्रयोग  कार्य  भइरहेकेा  भने  आम  उपभोक्तामा  विषादीयुक्त  तरकारी  एवं  फलफूल  सेवनबाट  हुनसक्ने  जोखिम  न्यूनीकरण  गर्ने  उद्देश्यका  साथ कालिमाटी लगाएत देशका अन्य ६ स्थानमा विषादी अवशेष दु्रत विश्लेषण इकाइ स्थापना गरी अनुगमन कार्य भई रहेको छ ।  स्थापनाकालमा  विषादीको  अवशेष  तरकारी  र  फलफूलमा तोकिएभन्दा  बढी  देखिएता  पनि  हाल  आएर  सोही  स्थितिमा  न्यूनिकरण  भई  नगन्य  जस्तै  भएको  छ  ।  जसका  कारण  आम  उपभोक्ता एवं  कृषकहरुमा  जनचेतना  पुग्नुका  साथै  विषादी  न्यूनीकरणमा  ठुलो  योगदान  पुगेको  छ  । यसै सर्न्दर्भमा फागुन ६ गते देखि १२ गते सम्म सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रम सहित “विषादी प्रयोग मुक्त सप्ताह २०७५” मनाउन लागि रहेका छौं। यसले विभिन्न समुदायमा विषादीका नकारात्मक  असर  वारे  जनचेतना  अभिवृद्धि  गर्नुका  साथै  विषादीका  प्रयोग  न्यनीकरणमा  महत्वपूर्ण  भूमिका  खेल्न  सक्ने  विश्वास लिएका  छौं ।

कार्यक्रमहरुः

१) प्रभात फेरी कार्यक्रमः वनेपा नगरपालिका काभ्रेमा फागुन ६ गते विहान ९ वजे

२) सडक नाटक प्रदर्शन काभ्रे र उपत्यकामा विभिन्न स्थानमा

३) नेपाल टेलिभिजनको कृषि कार्यक्रममा सप्ताहभर विषादी सम्वन्धि चर्चा

४) रेडियो नेपालको कृषि कार्यक्रममा सप्ताहभर विषादी सम्वन्धि चर्चा

५) एफ एमवाट सूचना प्रवाह

Download