नेपाल सरकार

कृषि तथा पशुपन्छी विकास मन्त्रालय

प्लान्ट क्वारेन्टाइन तथा बिषादी व्यवस्थापन केन्द्र

हरिहरभवन, ललितपुर

रणनीति तथा कार्यनीति

रणनीतिः

 

  • जिल्लामा देखिने रोगकीराको प्रकोपलाई न्यून गर्न सर्भे सर्भेलेन्स र आकस्मिक बाली संरक्षण सेवा, एकिकृत शत्रुजीव ब्यबस्थापन, वाली उपचार शिविर, अभियानमूलक वाली संरक्षण जस्ता कार्यक्रमहरु संचालन गर्ने ।
  • विषादीहरुको प्रभाव न्यून गर्न जीवनाशक बिषादी ऐन र नियमावलीको पूर्ण पालन गरी विषादी व्यवस्थापन कार्य गर्ने।
  • कृषिजन्य वस्तुहरुको आयात सँगसँगै संक्रामक रोग कीराहरुको प्रवेश र विस्तार रोक्न प्लाण्ट क्वारण्टीन सेवालाई समय सापेक्ष प्रभावकारी बनाउन आवश्यक पूर्वाधारको विकास गर्ने र कृषि व्यापार प्रवर्धन बढाउने ।

कार्यनीतिः

१. विरुवा क्वारेन्टाइन तथा संरक्षण ऐन २०६४ र नियमावली २०६६ द्वारा प्रदत्त अधिकारको उपयोग गरी कृषिजन्य वीउ विजन र वोट विरुवा निकासी तथा पैठारी गर्दा संक्रामक रोगकीराको विस्तार नियन्त्रणलाई ध्यानमा राखी तिनको निकासी र पैठारीलाई सु-ब्यवस्थित एवं नियमित गर्ने ।

२. जीवनाशक विषादी व्यवस्थापन ऐन २०७६ र नियमावली २०५० को पहिलो संशोधन २०६४ ले व्यवस्था गरेको अधिकारको उपयोग गरी देश भित्र आयात र खपत हुने विषादीहरुको समूचित व्यवस्था गर्ने ।

३. बाली संरक्षण कार्यमा संलग्न राष्ट्रिय, अन्तराष्ट्रिय, सरकारी, गैह्र-सरकारी र निजीक्षेत्रका संघ/संस्था विच समुचित समन्वय राखी कार्य गर्ने ।

४. बाली संरक्षण क्षेत्रमा कार्यरत प्राविधिकहरुको कार्य दक्षता बढाउन विषय विशेष सम्बन्धी ज्ञान र शीपको अभिवृद्धि गर्न समय सापेक्ष तालीम, भ्रमण तथा गोष्ठीको आयोजना गर्ने ।